प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
खबर एक्सप्रेस
२०८१-०९-२६ १२:१७ मा प्रकाशित
Total Shares: 44
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आज (शुक्रबार) साँझ ७ बजे बालुवाटारमा बस्ने गरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया साताको बिहीबार र सोमबार बस्ने गरे पनि केही दिनयता सेडयुल अनुसार बस्न सकेको छैन । बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने जनाइएको छ। बैठकबाट केही नियुक्ति, बढुवाका लगायतका निर्णय हुन सक्ने बताइएको छ।
फेसबुक पेज Like गर्नुहोस