देश र जनताको हितका लागि दलहरूबीच निरन्तर संवादको आवश्यक छ : प्रधानमन्त्री
खबर एक्सप्रेस
२०७८-०८-१० ०२:३४ मा प्रकाशित
Total Shares: 839
काठमाडौं,चितवन - प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले देश र जनताको हितका लागि निरन्तर संवादको आवश्यक रहेको बताएका छन् ।
चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले दलहरुबीचको देखिने मनमुटावलाई निरन्तर संवाद र वार्तामार्फत अन्त्य गर्नुपर्ने बताए ।
कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि खोपलाई प्राथमिकता दिएको भन्दै उनले सबै दलहरूलाई मिलाएर लैजाने आफ्नो पार्टी र सरकारको रणनीति रहेको बताए ।
प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनको सफलताको शुभकामना पनि दिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस