काठमाडौं, एजेन्सी - केही महिना अगाडि लद्दाखको गलवान भ्यालीमा भएको भारतीय सेनासँगको झडपमा परी आफ्ना चार जना पिएलए जवानको मृत्यु भएको चीनले पुष्टि गरेको छ ।

सन् २०२० को जुन १५ मा गलवान भ्यालीमा भारतीय र चिनियाँ सेनाबीच झडप भएको थियो । भारतीय सेनासँग भएको झडपबारे चीनले कुनै पनि प्रतिक्रिया दिएको थिएन ।

लामो समयपछि उक्त घटनामा आफ्ना चार जना सेनाको मृत्यु भएको पुष्टि चीनले गरेको हो । उता भारतले आफ्ना २० जना सेनाको मृत्यु भएको पुष्टि गरेको थियो ।