नेपालमा थप ८४१८ जनामा कोरोना पुष्टि, ५३ को मृत्यु
खबर एक्सप्रेस
२०७८-०१-२५ ०५:३८ मा प्रकाशित
Total Shares: 302
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ८४१८ जनामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ८५ हजार ८९० पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितमात्र ८३ हजार ४९३ छन्।
गत २४ घण्टामा ३३७० जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ९८ हजार ७६५ पुगेको मन्त्रालयले जनाएको छ।
आज कोरोना संक्रमणका कारण ५३ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ।
फेसबुक पेज Like गर्नुहोस