कम्बोडियाका प्रधानमन्त्री तथा माथिल्लो सदन सिनेटका अध्यक्ष र सभामुख घिमिरेबीच भेटवार्ता
खबर एक्सप्रेस
२०८१-०८-१० १०:४२ मा प्रकाशित
Total Shares: 136
काठमाडौं - सभामुख देवराज घिमिरेले कम्बोडियाका प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री सम्देच हुन मानेटसँग भएको भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने महत्वपूर्ण विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख घिमिरेले नेपालको बुद्धको जन्मस्थल लुम्बिनी र कम्बोडियाको अंगकोरबाट हिन्दू तथा बौद्ध सम्पदाहरूलाई प्रवर्द्धन गर्न प्रत्यक्ष हवाई सेवा शुरू गर्नुपर्नेमा जोड दिएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस