काठमाडौंको सीतापाइलमा २२ वर्षीया युवतीमाथि एसिड प्रहार
खबर एक्सप्रेस
२०७७-०४-०८ ०९:३७ मा प्रकाशित
Total Shares: 237
काठमाडौं - राजधानीको सीतापाइलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ ।
दही किन्न भनेर घरबाट निस्किएकी कार्कीमाथि बिहिबार साँझ एसिड प्रहार भएको हो । उनको अनुहारमा एसिड परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
कार्कीको अहिले कीर्तिपुरको बर्न अस्पतालमा उपचार भैरहेको एक प्रहरी अधिकृतले जानकारी दिए । एसिड प्रहार गर्ने व्यक्तिको खोजी तीव्र रुपमा भैरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस