काठमाडौं - जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको आज  भारतको नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण हुँदैछ । 

स्वास्थयमा समस्या देखिएपछि आइतबार दिल्ली गएका भट्टराईको आज दिउँसो १ः३० बजे इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसुमा परीक्षण हुने उनीनिकट स्रोतले बताएको छ । उनको स्वास्थ्य परीक्षण डा.प्रोफेसर विक्रम भाटियाद्वारा हुनेछ । 

भट्टराईलाई पेटमा समस्या देखिएको छ । काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका भट्टराईलाई नेपालका चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सिफारिस गरेकाले थप उपचारको लागि दिल्ली गएका थिए ।