बेलायतमा लकडाउन कम्तिमा तीन हप्ताका लागि लम्बिने
काठमाडौं - बेलायतमा कोरोना भाइरसका कारण भयवाह स्थिति रहेको छ । यो अवस्थालाई थप बढ्न नदिन बेलायतले लकडाउन कम्तिमा तीन हप्ताका लागि बढाउने भएको छ ।
कोरोना भाइरसको कहर कम गर्न लकडाउन कम्तिमा थप तीन हप्ता बढाउने निर्णय भएको बताइएको छ । बेलायती विदेश मन्त्री डोमिनिक राबले लकडाउन लम्बिने निर्णय भएको जानकारी गराएका हुन् ।
लकडाउन खुकुलो बनाउने वा अन्य केही विकल्पबारे निर्णय हुने अनुमान आम मानिसहरुले गरिरहेको मिडिया रिपोर्टमा उल्लेख थियो । तर, हाल लकडाउन सहज बनाए झन् जोखिम बढ्ने सम्भावना रहेको भन्दै हाललाई लकडाउन सहज नबनाइने बताइएको छ ।
विदेशमन्त्री रावका अनुसार युकेमा पछिल्लो समय संक्रमित र मृतकको संख्या उच्च रहेको छ । बेलायतमा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ ।
पछिल्लो रिपोर्ट अनुसार कोरोना भाइरसका कारण युकेमा भयावह स्थिति रहेको छ । विहीबारमात्रै कोरोना भाइरसका कारण ८६१ जनाभन्दा बढीले ज्यान गुमाएका छन् ।
योसँगै हालसम्म मृत्यु हुनेको संख्या १३ हजार ७२९ पुगेको छ । त्यस्तै संक्रमितको संख्या १ लाख ३ हजारभन्दा बढी रहेको छ । विहीमात्रै ४ हजार ६ सय हजारभन्दा बढी संक्रमित फेला परेका छन् । १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । युकेमा हालसम्म १३ जना नेपालीले ज्यान गुमाइसकेका छन् ।
फेसबुक पेज Like गर्नुहोस