काठमाडौं - बाह्रबिसे नगरपालिका- ७ को पहिरोमा पुरिएका ११ को शव भेटिएको छ।

जिल्ला प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाका अनुसार नागपुजे र भिरखर्कको पहिरोमा ज्यान गुमाउनेमा नागपुजेका ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षिया ट्याक्सी शेर्पा, भिरखर्कका २३ वर्षकी जुनु विक, २४ वर्षका शुकलाल विक, ८ वर्षका सन्देश विक र नेवार टोलका ६० वर्षिया सर्किनी नेवार ,६५ वर्षका धनलाल विक रहेका छन्।

त्यसैगरी मृतकमा नेवार टोल र नागपुजेकी ६० वर्षीया हिरामाया नेवार, ४२ वर्षकी ज्ञानीमाया प्रधान, २५ वर्षकी कर्णबहादुर श्रेष्ठ र ५ वर्षकी सरसस्वती विक रहेका छन्। पहिरोमा बेपत्ता भएका ३१ मध्ये २० जना बेपत्ताको नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीको संयुक्त टोलीले उद्धारकार्य जारी रहेको छ।