काठमाडौं - गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । शुक्रबार सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित भएको संसद सचिवालयले जानकारी दिएको छ ।

गएको बुधबारदेखि गण्डकी प्रदेशका लगातार ४ वटा बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको थियो ।

निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रम, संसदको सचिवालयसम्बन्धी विधेयकलगायतमा असहमति जनाउँदै कांग्रेसले संसद अवरुद्ध गर्दै आएको थियो ।