काठमाडौं - बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रका सरकारी जग्गा हिनामिना प्रकरणमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध बुधबार बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरे लगत्तै गच्छदार प्रतिनिधिसभा सदस्यबाट स्वत निलम्बित भएका छन्र ।