पछिल्लो २४ घण्टामा १ हजार ८ सय १८ जना कोरोना संक्रमित निको भए
खबर एक्सप्रेस
२०७७-०५-२५ ०४:३१ मा प्रकाशित
Total Shares: 289
काठमाडौं - पछिल्लो २४ घण्टामा मुलुकभर १ हजार ८ सय १८ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा निको हुनेहरुको संख्या ३५ हजार नाघेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको मिडिया ब्रिफिङमा यस्तो बताएका छन् ।।
बुधबार कोरोनाबाट मुलुकभर ९ सय १८ जना निको भएका थिए । यस्तै, मुलुकभर सक्रिय कोरोना संक्रमितको संख्या १४ हजार ४ सय ४८ जना सक्रिय संख्या रहेको छ ।
बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संखया ५० हजार ४ सय ६५ पुगेको छ । बिहीबार १२ सय ४६ जनामा संक्रमित थपिएका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण देखिएको छ ।
फेसबुक पेज Like गर्नुहोस