पीएसजीलाई उपाधि होडमा धक्का
खबर एक्सप्रेस
२०७८-०१-२७ १०:१८ मा प्रकाशित
Total Shares: 280
काठमाडौं,एजेन्सी - फ्रेन्च लिग वान फुटबलमा उपाधि दाबेदार पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा पीएसजी रेनससँग १-१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा पीएसजीले बराबरी खेल्नु परेको हो ।
पहिलो हाफको इन्जुरी समयमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । तर, खेलको ७० औं मिनेटमा सेह्रोउ गुइरास्सीले गोल गर्दै रेनसलाई १-१ गोलको बराबरीमा फर्काए ।
बराबरीसँगै पीएसजीलाई उपाधि होडमा धक्का लागेको छ । पीएसजीले ३६ खेलमा ७६ अंक जोडेको छ । रेनस ५५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस