काठमाडौं,एजेन्सी - सन् २०१९ मा पिएसजीका स्टार खेलाडी नेयमार बार्सिलोना फर्कने व्यापक समाचाहरु बाहिर आएका थिए । बार्सिलोनामाबाट पिएसजी मा अनुबन्ध भएका नेयमार क्लबमा खुसी नभएको र पुरानै क्लबमा फर्कने खबर आएको थियो ।

उक्त खबरबारे पिएसजीका प्रमुख असद अल खिलाइफीले जबाफ दिएका छन् ।

उनले भनेका छन्, 'सन् २०१९ मा नेयमार बार्सिलोना फर्कने खबरमा सत्यता रहेको थिएन । नेयमार स्वयम नै बार्सिलोना फर्कन चाहन्थेनन् । उनले भनेका छन्, बार्सिलोनाले जहिले पनि नेयमारलाई चाहेको कुरा लुकेको छैन । उनी बार्सिलोनाबाट यहाँ आउँदा अधुरो थिए । तर, आज उनी निकै खुसी छन् । हामी त्यस्ता खेलाडीहरु चाहन्छौँ जो क्लबलाई सम्मान गर्छन् । सहानुभुति देखाएर क्लबसँग अनुबन्धित हुने खेलाडी हामीलाई आवश्यक छैन ।' 

लगातार त्यस्ता फेक समाचाहरु आउने उनले बताए । नेयमारको पिएसजीसँग सन् २०२५ सम्मका लागि सम्झौता रहेको छ ।