काठमाडौं - भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी एक धार्मिक कार्यक्रमका पुजारीमा कोरोना संक्रमण देखिएको छ ।  

समाचार एजेन्सी एएनआईका अनुसार भारतस्थित अयोध्यामा राममन्दिर भूमि पूजन कार्यक्रममा सहभागी भएका राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष महन्त नृत्य गोपाल दासमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो ।  

केही दिनअघि भएको उक्त कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदी, उत्तर प्रदेशका गभर्नर आनन्दी बेन पटेल, मुख्यमन्त्री योग आदित्यनाथ र राष्ट्रिय स्वयंसेवक संघका सरसंघचालक मोहन भागवत पनि उपस्थित थिए ।  

उत्तर प्रदेशका प्रमुख मेडिकल अफिसरका अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मथुराका डीएम एवं मेदान्त अस्पतालका डाक्टर त्रेहानलाई कोरोना संक्रमित नृत्य गोपाल दासलाई सबै स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरेका छन् ।    

अहिले मथुरामा रहेका दासलाई सास लिन कठिन भइरहेको बताइएको छ । कृष्ण जन्माष्टमीअघि गत मंगलबार साँझ महन्त दास मथुरामै रहेको सीता–राम आश्रम पुगेका थिए । जहाँ राममन्दिर भूमि पूजन कार्यक्रम भएको थियो र प्रधानमन्त्री मोदीलगायत विशिष्ट व्यक्ति सहभागी भएका थिए । 

बिबिसी हिन्दीबाट