वीरगञ्ज कारागारमा रहेका ८ जनामा कोरोना पुष्टि
वीरगञ्ज - वीरगञ्ज कारागारमा रहेका ८ जनामा कोरोना भाइरसको संक्रमण पुटि भएको छ । २१४ कैदीबन्दी रहेको कारागारमा संक्रमित भेटिएपछि कारागार सिल गरिएको छ ।
१ महिला तथा ७ पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको हो । संक्रमित कैदीबन्दीलाई कारागारको हाताभित्र स्थापना गरिएको आइसोलेशन कक्षमा तथा कर्मचारीलाई समता स्कुलमा स्थापना गरिएको आइसोलेशन कक्षमा उपचार गरिएको छ ।
संक्रमित भेटिएसँगै ती कैदीबन्दीलाई हालको लागि अदालतमा समेत उपस्थित गराउने काम बन्द गरिएको छ ।
कारागारमा सबैभन्दा बढी भारतीय कैदीबन्दी भएकाले भारतीय कैदीबन्दीलाई भेट्न आउँदा कोरोना सङ्क्रमण सर्न सक्ने आशंका कारागार प्रशासनले गरेको छ ।
पर्सा जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अवस्था जटि बन्दै गएको छ । पर्सा र बारामा बुधबार मात्रै चिकित्सक, स्वास्थ्यकर्मी, नेपाली सेनालगायत ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

.gif)




फेसबुक पेज Like गर्नुहोस