डडेल्धुरामा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु, चार बिरामी
खबर एक्सप्रेस
२०७७-०४-१३ ०९:४३ मा प्रकाशित
Total Shares: 346
धनगढी - डडेल्धुरामा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु र चार बिरामी भएका छन् । नवदुर्गा गाउँपालिकामा–३ मा वनजङ्गलबाट टिपेर ल्याइएको च्याउ खाँदा आठ वर्षीय बालक ललित धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
च्याउ खाएपछि बिरामी भएका बालक धामीलाई उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु थियो । उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ ।
च्याउ खाँदा विरामी भएकी बालकका आमा बिस्ना धामी र तीन दिदीबहिनीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस