काठमाडौं - अध्यागमन विभागले पहिलो पटक अफ्रिकी र खाडी मुलुक जान लागेका महिलाले स्थानीय तहको सिफारिस र पारिवारिक मञ्जुरीनामा लिनुपर्ने प्रावधान राख्ने विषयमा प्रष्टीकरण दिएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गरेर विभागले जोखिम संभाव्य मुलुकमा नेपाली महिला भिजिट भिषामा जाँदा परिवारका सदस्य वा स्थानीय तहको सिफारिस आवश्यक पर्ने गरी निर्णय हुन लागेको भन्ने सञ्चार माध्यमहरूमा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै उक्त विषयमा कुनै निर्णय नभएको स्पष्ट पारेको हो ।

आन्तरिक छानविन कार्यदलका सुझावहरूका रूपमा आएको विषय मात्र भएको प्रष्ट्याउँदै विभागले यस विषयमा निर्णय गर्दा संविधान प्रदत्त अधिकारसमेतलाई हेरी नागरिकका मौलिक अधिकार कुण्ठित नहुने गरी निर्णय हुने बताएको छ ।

विज्ञप्तिः