अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या उच्च
खबर एक्सप्रेस
२०७७-०१-११ ०७:३४ मा प्रकाशित
Total Shares: 260
एजेन्सी - कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या उच्च रहेको छ ।
त्यहाँका सरकारी अधिकारीका अनुसार बितेको २४ घण्टामा २ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ । जुन उच्चबिन्दु हो तर मंगलबार भन्दा कम हो । मंगलबार सर्वाधिक २ हजार ८ सय ४ जनाको मृत्यु भएको थियो ।
हालसम्म कोरोनाबाट अमेरिकामा ४७ हजार ६ सय ५९ जनाको मृत्यु भएको छ भने ८ लाख ४८ हजार संक्रमित छन् । जसमा २९ हजार संक्रमित पछिल्लो २४ घण्टामा थपिए ।
फेसबुक पेज Like गर्नुहोस