मर्स्याङ्दी बस दुर्घटना अपडेट : घटनास्थलमै १४ जनाको मृत्यु,१६ घाइतेको उद्धार
खबर एक्सप्रेस
२०८१-०५-०७ ०२:०० मा प्रकाशित
Total Shares: 69
काठमाडौं- तनहुँको आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवहाक बस खस्दा १४ जनाको मृत्यु भएको छ।पृथ्वीराजमार्ग अन्तर्गत मर्स्याङ्दी नदीमा भारतीय नम्बर प्लेटको यात्रुवहाक बस खस्दा १४ जनाको मृत्यु भएको हो ।दुर्घटनास्थलबाट १६ जना यात्रुलाई उद्धार गरिएको छ।
सशस्त्र प्रहरीका अनुसार १४ जनाको मृत्यु भएको छ भने १६ जनालाई उद्धार गरेर उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ।आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो।कास्कीको पोखराबाट काठमाडौंका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस