एमाले अध्यक्ष ओली झापा- ५ बाट उम्मेदवार सिफारिस
खबर एक्सप्रेस
२०७९-०५-२० ०१:३५ मा प्रकाशित
Total Shares: 186
काठमाडौं,झापा - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा– ५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झापा– ५ का एमाले इन्चार्ज होम थापाले बताए।
ओली २०७४ सालको चुनावमा ५७ हजार १३९ मत ल्याउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। उनका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याएका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस