साउदी अरबका राजा सलमान अस्पताल भर्ना
काठमाडौं - साउदी अरबका ८४ वर्षीय राजा सलमान बिन अब्दुलअजिजलाई पित्ताशय सुन्निने समस्या आएपछि अस्पतालमा भर्ना गरिएको सरकारी समाचार संस्था एसपीएले लेखेको छ ।
उनको उपचार चलिरहेको समाचार संस्थाले जनायो । उसले विस्तृत विवरण भने दिएन । राजा सलमान इस्लामको सबभन्दा पवित्र स्थान मक्का मदिनाका संरक्षक हुन् । उनी सन् २०१५ मा राजा बनेका हुन् । उनले ५० वर्षसम्म रियाद क्षेत्रको गभर्नरका रूपमा काम गरेका थिए ।
अहिले युवराज मोहम्मद बिन सलमानले राजकाज चलाइरहेका छन् । उनले देशको अर्थतन्त्रमा परिवर्तन ल्याउनका लागि सुधारका कार्यक्रमहरू चलाइरहेका छन् । युवराज युवा साउदीहरूमाझ लोकप्रिय छन् । उनले कट्टरपन्थी मुस्लिम अधिराज्यमा सामाजिक नियन्त्रण खुकुलो बनाएर, महिलाहरूलाई थप अधिकार दिएर अनि अर्थतन्त्रलाई विविधीकरण गर्ने प्रतिज्ञा गरेर मानिसहरूको मन जित्ने प्रयास गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस