काठमाडौं उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्यो
खबर एक्सप्रेस
२०७७-०४-०५ १२:३२ मा प्रकाशित
Total Shares: 506
काठमाडौं - काठमाडौं अविरल वर्षासँगै काठमाडौँ उपत्यकाका नदी तथा खोलाहरुमा पानीको सतह बढेको छ । वर्षाको कारण विष्णुमति, धोविखोला, मनोहरा, हनुमन्ते, नख्खु लगायतका खोला तथा नदीमा पानीको बहाव बढेको हो ।
बहाव बढेसँगै नदी तथा खोला आसपास बस्नेहरुलाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
शनिबार देखि नै देशका अधिकाँश स्थानमा वर्षा भइरहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसूनी न्युन चापीय रेखा नेपालतिर सरेकोले देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा भईरहेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस