एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने
खबर एक्सप्रेस
२०८०-०२-२१ ११:३९ मा प्रकाशित
Total Shares: 63
काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट नागरिकता विधेयक प्रमाणीकरणका लागि प्रक्रिया नपुगेको भन्दै एमालेले संसद अवरुद्ध गर्न लागेको हो ।
एमाले प्रमुख सचेतक पदम गिरीले भने – ‘संसदलाई छलेर राष्ट्रपतिबाट गैरसंवैधानिक कार्य भएको छ । विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति हाम्रो असहमति हो । संसद चल्न दिदैनौं ।’
प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजे बस्ने गरी बोलाइएको भएपनि निर्धारित समयमा बैठक सुरु हुन सकेको छैन ।

.gif)



फेसबुक पेज Like गर्नुहोस