काठमाडौं उपत्यकामा थप ३ सय २६ जनामा कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-०५-२२ ०४:४५ मा प्रकाशित
Total Shares: 288
काठमाडौं - काठमाडौं उपत्यकामा थप ३ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ३ सय २६ जनामा कोरोना संक्रमण भेटिएको हो।
त्यसमध्ये काठमाडौंका २ सय ९३ जना, ललितपुरका २० जना, र भक्तपुरका १३ जना छन्। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।
पछिल्लो २४ घण्टामा नेपालमा थप ९ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
फेसबुक पेज Like गर्नुहोस