काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २०४९ जना, भक्तपुरमा २२१ जना र ललितपुरमा ३६५ जना कोरोना संक्रमित भेटिएका छन् ।

मंगलबार देशभर थप ८२०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १९६ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।