भदौ १ बाट आन्तरिक तथा बाह्य उडान सेवा सुरु गर्ने सरकारको निर्णय
खबर एक्सप्रेस
२०७७-०४-०५ ०७:१३ मा प्रकाशित
Total Shares: 336
काठमाडौं - सरकारले भदौ १ गतेदेखि हवाइ उडान गर्ने निर्णय गरेको छ ।
सोमबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकले भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै उडान सुरू गर्ने निर्णय गरेको हो ।
उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल तयार पार्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई जिम्मा दिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।
नेपालमा कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले गत वर्ष चैत्र ११ गतेबाट हवाई सेवा बन्द गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस