२० दिनपछि सार्वजनिक कार्यक्रममा देखिए किम जोङ, के भएको थियो उनलाई ?
खबर एक्सप्रेस
२०७७-०१-२० ०८:११ मा प्रकाशित
Total Shares: 397
काठमाडौं - उत्तर कोरियाली नेता किम जोङ उन सर्वसाधारणमाझ देखिएको त्यहाँका मिडियाहरुले उल्लेख गरेका छन्।
अप्रिल ११ तारिखका दिन सरकारी बैठकमा उपस्थित भएपनि उनी सार्वजनिक रुपमा देखिएका थिएनन्। पश्चिमा मिडियाहरुले किम गम्भीर बिरामी परेको वा मृत्यु नै भएको हुनसक्ने लख काटेका थिए।
उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले जनाएअनुसार किमले हिजो शुक्रबार एक मल कम्पनी उद्घाटनमा रिबन काटेका छन्। किम सार्वजनिक समारोहमा उपस्थिति भएसँगै 'तुफानको गड्गडाहट अन्त्य भएको' सो समाचारमा उल्लेख छ।
अप्रिल दोस्रो सातादेखि किम नदेखिएपछि उनको स्वास्थ्यअवस्थालाई लिएर निकै संशय बढेको थियो।
फेसबुक पेज Like गर्नुहोस