प्रधानन्यायाधीशविरुद्ध आन्दोलनः आजदेखि कालोपट्टी बाँधेर धर्ना दिँदै बार
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसन नेपालले आजदेखि कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना दिने भएको छ ।
गत शुक्रबार बसेको बारकाे कार्यसमिति बैठकले विरोधका कार्यक्रम सार्वजनिक गर्दै जबरालाई राजीनामा दिन पाँच दिने अल्टिमेटम दिएको थियो । आगामी मंगलबारसम्म प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी बारले विरोध कार्यक्रम गर्नेछ ।
बारका महासचिव लीलामणि पौडेलले तिहार बिदासम्म पनि राजीनामा नआए थप आन्दोलनका कार्यक्रम घोषणा हुने बताए । प्रधानन्यायाधीशबाट विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेकोले राजीनामा मागिएको हुँदा जबरालाई इजलासमा नबस्न पनि बारले माग गरेकाे छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस