काठमाडौं,एजेन्सी - युरो २०२० अन्तर्गत आज (बिहीबार) तीन खेलहरु हुँदैछ ।

युरोकपको समूह चरण अन्तर्गत आज समूह 'सी' को दुई खेल र समूह 'बी' को एक खेल हुनेछ । आज हुने पहिलो खेलमा युक्रेन र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुनेछ । समूह 'सी' मा रहेका यी दुई टीम साँझ ६:४५ बजे खेल्नेछन् ।

आज हुने दोस्रो खेलमा बेल्जियम र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह 'बी' अन्तर्गत बेल्जियम र डेनमार्कबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

आज हुने तेस्रो खेलमा नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ । समूह 'सी' मा रहेका दुई टिमबीचको खेल राति १२स्४५ बजे सुरु हुनेछ ।