भारतमा कोरोना कहर: अक्सिजनको अभावमा एकै अस्पतालमा २४ जना संक्रमितको मृत्यु
खबर एक्सप्रेस
२०७८-०१-२० १२:३१ मा प्रकाशित
Total Shares: 323
काठमाडौं, एजेन्सी - भारतमा कोरोना संक्रमणका कारण त्राहीत्राहीको अवस्था रहेको छ । दैनिक लाखौँ संक्रमित थपिएका छन् । त्यस्तै कोरोनाका कारण दैनिक हजारौँको ज्यान गइरहेको छ ।
कोरोना संक्रमितले अस्पतालमा बेड त पाएकै छैनन् उपचार समेत पाउन नसकेर ज्यान गुमाइरहेका छन् ।
अस्पतालमा अक्सिजनको अभाव भएपछि संक्रमितले ज्यान गुमाउने क्रम बढ्दो रहेको छ ।
कर्नाटकको चामराजनगरमा अक्सिजनको अभावमा २४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।
आजतक मिडियाका अनुसार एक अस्पतालमा अक्सिजन नहुँदा २४ जना संक्रमितले ज्यान गुमाएका हुन् । उक्त अस्पतालमा ढिलो अक्सिजन पुगेको बताइएको छ । उक्त घटनापछि सरकारको चौतर्फी विरोध भएको छ ।
फेसबुक पेज Like गर्नुहोस