कल्याण गुरूङले कांग्रेस सभापतिमा गरे उम्मेदवारी दर्ता
खबर एक्सप्रेस
२०७८-०८-२५ ११:५३ मा प्रकाशित
Total Shares: 460
काठमाडौं - नेपाली कांग्रेसको सभापतिमा कल्याणकुमार गुरुङले उम्मेदवारी दर्ता गरेका छन् । उनले केही समयअघि मात्र सभापतिमा मनोनयन दर्ता गराएका हुन् ।
नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका गुरुङले धेरै अघि पत्रकार सम्मेलन गरेरै सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए । जारी कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो हुन् ।
सुरुमा संस्थापन पक्षमा रहेका गुरुङ पछि पौडेल समूहमा थिए । उनी कांग्रेस विभाजनपछि नेविसंघको अध्यक्षमा निर्वाचित भएका थिए ।
फेसबुक पेज Like गर्नुहोस