काठमाडौं - नेपालले आज साफ यू–१७ महिला च्याम्पियनसिपमा आयोजक भुटानको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार दिउसो ५:४५ बजेदेखि शुरु हुदैछ ।  

यस अघि नेपालले खेलेको पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो । त्यस्तै भुटानले पनि आफ्नो पहिलो खेलमा बंगलादेशसँग ३-१ गोल अन्तरको हार बेहोरेको थियो ।

 अगस्त ३१ सम्म हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार देशले भाग लिएकाछन् । डबल राउण्ड-रोबिनका आधारमा हुने प्रतिस्पर्धामा प्रत्येक टोलीले दुई-दुई खेल खेल्नेछन् भने शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । नेपालले यस प्रतियोगितामा अब अर्को खेल अगस्त २४ मा बंगलादेशसँग, अगस्त २७ मा बंगलादेशसँग, अगस्त २९ मा भारतसँग र अगस्त ३१ मा भुटानसँग खेल्ने तालिका रहेको छ ।