काठमाडौं,मोरङ - मोरङमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिका– ३ गोकुवा चोक स्थित कोशी लोकमार्गमा मोटरसाईकलको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही स्थान का ५० बर्षीय बाल कुमार बस्नेत रहेका छन् ।

सोमबार बेलुका पौने ८ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०२–०४५ प ६०८७ नम्बरको मोटरसाईकलले ठक्कर दिई घाईते भएका बस्नेतको बिराट मेडिकल कलेज गंगा चौकमा उपचारको क्रममा सोही दिन राति ९ बजे मृत्यु भएको हो ।

सो दुर्घटनामा मोटरसाईकल चालक सुनसरी ईटहरी ७ का २५ बर्षीय समराज्य चौधरी समेत घाईते भई सोही अस्पतालमा उपचार भईरहेको छ भने मोटरसाईकल ईलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा रहेको छ ।