काठमाडौं- इजिप्टको कायरोस्थित नेपाली दूतावासले लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।लेबनान समेत हेर्ने दूतावासले नेपालीलाई सहायताका निम्ति नेपाली दूतावास कायरो र बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासमा सम्पर्क गर्न अनुरोध गरेको हो ।कायरोस्थित नेपाली दूतावासबाट जारी सूचनामा भनिएको छ,’लेबनानमा विकसित घटनाक्रमका सन्दर्भमा उक्त मुलुकमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई आवश्यक सतर्कता तथा सचेतना अपनाउन एवम् सहायताका लागि नेपाली राजदूतावास कायरो तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासका देहायानुसारको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध छ।
’लेबनानमा रहेका नेपालीको सूची अद्यावधिक गर्ने प्रयोजनका निम्ति दूतावासको वेबसाइटमा रहेको लिंक मार्फत आवश्यक विवरण उपलब्ध गराइदिन पनि आग्रह गरिएको छ ।लेबनानमा पछिल्लो समय इजरायलको आक्रमणमा हिजबुल्लाहका कमान्डर फुआद शुकर मारिएपछि तनाब बढेको छ ।

.gif)



