यस्ताे छ भरतपुरकाे पछिल्लाे मतपरिणाम
खबर एक्सप्रेस
२०७९-०२-०६ ०३:३८ मा प्रकाशित
Total Shares: 223
काठमाडौं, चितवन - भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिइरहेकी छन् ।
शुक्रबार दिउँसो २ः४३ बजेसम्म ५८ हजार १३४ गणना हुँदा रेणुल २१ हजार ९६४ मत ल्याएर अग्रता कायम राखेकी छन् । उननलाई १८ हजार ७७९ मतसहित एमालेका विजय सुवेदीले पछ्याइरहेका छन् ।
रेणु र सुवेदीलाई स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार २२३ मत ल्याएर पछ्याइरहेका छन् ।
उपमेयरमा कांग्रेसकी चित्रसेन अधिकारीले २४ हजार २८८ मतसहित अग्रता कायम राख्दा राप्रपाकी हिमला गुरुङले १४ हजार ८४६ मत ल्याएर पछ्याइरहेकी छन् ।

.gif)




फेसबुक पेज Like गर्नुहोस