उपेन्द्र यादवले दायर गरेको रिटमाथि आज सुनुवाइ
खबर एक्सप्रेस
२०८१-०२-०८ १०:२२ मा प्रकाशित
Total Shares: 147
काठमाडौं - उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुटविरुद्धको रिटको पेसी आजलाई तोकिएको छ ।
सोमबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासमा पेशी तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो । जेठ २ गते उक्त रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
न्यायाधीश विनोद शर्माको इजलासले निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश जारी गरेको थियो ।
यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिन लागेको र त्यसमा पार्टी विभाजनमा संलग्न रहेको अशोक राईसहित ७ जनालाई सहभागी गराउन रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस