काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच सिंहदरबारमा भेटवार्ता जारी छ।
साढे २ बजे प्रधानमन्त्री शाहलाई भेट्न लामिछाने सिंहदरबार पुगेका हुन्।
स्रोतका अनुसार भेटमा रसुवाको भोटेकोसी बाढीमा फसेकाहरूको उद्धार, राहत तथा पछिल्लो अवस्थाबारे छलफल भइरहेको छ।
रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री शाहले यसअघि हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका कामबारे प्रधानसेनापति सिग्देलसँग जानकारी लिएका थिए ।
प्रधानमन्त्री शाहले केहीबेरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि ब्रिफिङ लिने भएका छन्।
त्यसैगरी, उनले आजै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग समेत ब्रिफिङ लिने कार्यक्रम रहेको छ।
भेटमा भोटेकोसी बाढीपछि भइरहेको उद्धार, सुरक्षा व्यवस्थापन तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने जनाइएको छ।

.gif)


