काठमाडौं,एजेन्सी - अस्ट्रेलियामा आफ्नो ‘सर्च इन्जिन’ बन्द गरिदिने गुगलले चेतावनी दिएको छ ।

गुुगल सर्चमा अथवा गुगलका कुनैपनि माध्यममा अस्ट्रेलियाली संचारमाध्यमका समाचार सामग्री उदृत गरिएमा अथवा छापिएमा गुगलले त्यहाँका संचारमाध्यमलाई भुक्तानी गर्नुपर्ने व्यवस्था अस्ट्रेलियाको नयाँ विधेयकमा व्यवस्था गरिएको छ।

उक्त विधेयक कानुन बनेमा अथवा आफूले पैसा तिर्नुपर्ने अवस्था सिर्जना भएको खण्डमा आफ्नो सर्च इन्जिज बन्द गरिदिने गुगलले चेतावनी दिएको हो।

अस्ट्रेलियाले ल्याएको विधेयकमा फेसबुकलाई पनि पैसा तिराउने व्यवस्था गरिएको छ। गुगलले अष्ट्रेलियाका एक करोड ९० लाख प्रयोगकर्ताहरुले गुगल सर्च र युट्युबमा अवरोधको सामना गर्नुपर्ने पनि बताएको छ।