२४ घण्टामा थपिए ४ हजार ८९७ कोरोना संक्रमित, काठमाडौैंमा मात्रै १ हजार ४६४ जना
खबर एक्सप्रेस
२०७८-०१-१५ ०५:०८ मा प्रकाशित
Total Shares: 260
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख १२ हजार ८२२ पुगेको छ।
गत २४ घण्टामा ७७३ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७९ हजार २७४ पुगेको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा काठमाडौैंमा १४६४, भक्तपुरमा २३२ र ललितपुरमा ३५१ जना संक्रमित भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस