काठमाडौं - सर्वोच्च अदालतले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले पक्राउ गरेको छ। 

मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले नेता बास्तोलालाई रिहा गर्न आदेश दिएको थियो। तर, प्रहरीले सर्वोच्च अदालतको गेटबाटै नेता बास्कोटालाई पक्राउ गरेको हो। 

फरक विचार र आस्था कारण पक्राउ गरेको देखिँदा निजलाई थुनामा राख्न उचित नदेखिएकोले आजै गैरकानुनी थुनाबाट मुक्त गरिदिनू भनी नेपालको संविधानको धारा १३३(२) र ९३० सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ३७ बमोजिम वन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्दैै रिहा गर्न आदेश दिएको थियो। 

नेता बास्तोलालाई पुस २९ गते ललितपुर र मकवानपुरको सिमानाबाट पक्राउ गरेको थियो। सरकारले प्रतिबन्ध लगाएको झण्डै दुई विप्लव नेतृत्वको राजनीतिक प्रतिबन्ध फुकुवा गर्ने तयारी थालेको छ। नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले गत शनिबारमात्रै सरकारसँग सम्वाद र वार्ताका लागि सकरात्मक रहेको जनाएका थिए।  

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विप्लवसँग वार्ता गर्न लागेको  बताएका थिए। मन्त्रिपरिषदको बैठकले विप्लवमाथि २०७५ साल फागुन २८ गते प्रतिबन्ध लगाएको थियो।