काठमाडौं - बलिउड अभिनेता सुशान्त सिंह राजपूत केसमा अभिनेत्री रिया चक्रवर्ती मंगलवार पक्राउ परेकी छन् । 

एनसीबीले सोधपुछ सक्नेबित्तिकै रियालाई पक्राउ गरेको बताइएको छ । पक्राउपछि उनको स्वास्थ्य परीक्षण गरिने भएको छ । उनको कोभिड टेस्ट गरिने खबर छ ।  रियाले एनसीबीलाई बलिउडका २५ जना कलाकारको नाम दिएको बताइएको छ । एनसीबीले १० दिनभित्र ती कलाकारहरूलाई समन पठाउन सक्नेछ । 

त्यसअघि रियाका भाइ शौविकले पनि एनसीबीलाई कलाकारहरूको नाम टिपाएका थिए । ड्रग माफियासँग आफ्नो सम्बन्ध रहेको पनि रियाले कबुलेकी छन् । ड्रग ल्याउने लग्ने बासित परिहार पनि आफ्नो घर आइरहने गरेको उनले बताइन् ।