अब हामी जनअदालत चलाउँछौँः ओली
खबर एक्सप्रेस
२०७८-११-०७ ०४:०६ मा प्रकाशित
Total Shares: 199
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब सर्वोच्च अदालत नभइ जनअदालतको निर्णयमा नेकपा एमाले जाने बताएका छन्। यसका लागि आजैदेखि तयारी थाल्न उनले आग्रह गरेका छन्।
उनले एमालेको जनअदालत माओवादीको जस्तो दुई चार जनाले चलाउने र तर्साउने नभइ लाखौं मानिसको सहभागीता हुने बताए।
शनिबार सूर्यविनायक अस्पताल उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले जनताभन्दा माथि केही नभएको र जनताले दिएको आदेश मान्ने उनले बताए।

.gif)



फेसबुक पेज Like गर्नुहोस