वीरगन्जमा ४४ प्रहरीसहित १४२ जनामा कोरोना संक्रमण पुष्टि
खबर एक्सप्रेस
२०७७-०४-२३ ११:११ मा प्रकाशित
Total Shares: 328
वीरगन्ज - वीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको परिक्षणमा नेपाली सेना, नेपाल प्रहरी, डाक्टरसहित १ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १ सय २१ जना पुरुष रहेका छन् भने २१ जना महिला रहेका छन् ।
अस्पतालका अनुसार संक्रमितहरु १५ वर्षदेखि ७९ उमेर समूहका रहेका छन् ।
शुक्रबार संक्रमण पुष्टि भएकामध्ये धेरै ४४ जना नेपाल प्रहरी रहेका छन् । उनीहरु सबै जिल्ला प्रहरी कार्यालय, पर्सामा कार्यरत छन् । यस्तै, वीरगन्ज कारागारमा खटिएका ५ जना नेपाली सेना र ५ डाक्टर रहेका छन् ।
यसैगरी बाँकी संक्रमितहरु वीरगन्ज महानगरपालिका र बाराका छन् ।
फेसबुक पेज Like गर्नुहोस