फिल्म सुटिङमा साइकल लिएर निस्किए सलमान खान
खबर एक्सप्रेस
२०७६-०५-२३ ११:०० मा प्रकाशित
Total Shares: 480
एजेन्सी - मुम्बईमा भएको वर्षाले बलिउडका कलाकारलाई फिल्म सुटिङमा जान समस्या परेको छ ।
बलिउडका दबंग हिरो सलमान खान वर्षाकै कारण शुक्रबार फिल्म सुटिङका लागि घरबाट साइकलमा निस्किए । सलमानले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै ‘दबंग ३’ को सुटिङका लागि साइकलमा गएको बताएका छन् ।
सलमानलाई सडकमा देखेर उनका प्रशंसक भने निकै खुशी भएका थिए । उनले पोष्ट गरेको भिडियोमा धेरैले उनीसँग सेल्फी खिचेका थिए ।
भिड भएको ठाउँमा सलमानले साइकल चलाएको पहिलो पटक भने होइन् । सलमान बेला(बेलामा साइकल लिएर बाहिर निस्कने गर्छन् ।
फेसबुक पेज Like गर्नुहोस