साफ च्याम्पियनसिपका उपविजेता खेलाडीहरुलाई सरकारले जनही ३ लाख दिने
खबर एक्सप्रेस
२०८१-०७-१५ ०१:४४ मा प्रकाशित
Total Shares: 57
काठमाडौं-सरकारले साफ महिला च्यापियनसिपमा खेलाडीलाई उपविजेता जनही ३ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
हिजो संम्पन्न साफ महिला च्यापियनसिपमा उपविजेता बनेका नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो।
राष्ट्रिय खेलकुद परिषद्काअनुसार उपविजेता बनेका खेलाडीसहित अन्य पदाधिकारीलाई पनि नगदसहित सम्मान गरिन लागेको छ ।
मुख्य प्रशिक्षकले २ लाख पाउने छन् भने व्यवस्थापक, सहायक प्रशिक्षक तथा चिकित्सकले एक लाख २० हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन्।
फेसबुक पेज Like गर्नुहोस