काडमाडौं - उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप १ हजार ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ जनामा कोरोना संक्रमण देखिएको हो । बुधबार मात्र उपत्यकामा १ हजार ४०३ जनामा कोरोना पुष्टि भएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख २१ हजार ७४५ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ८४ हजार ५५८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३ हजार ५६४ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ ।