राष्ट्रिय टिमबाट कप्तानी छाड्ने पारसको घोषणा
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले कप्तानी छोड्ने घोषणा गरेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)लाई ससर्त निलम्बन फुकुवाको निर्णय गरे लगत्तै पारसले एक विज्ञप्ती जारी गर्दै कप्तानी छाड्ने घोषणा गरेका हुन् ।
'मैले क्रिकेटको कप्तान पदबाट राजीनामा दिने निर्णय लिएको छुु, पारसले विज्ञप्तीमा भनेका छन्, नयाँ तरिकाले क्रिकेटलाई अगाडि बढाउन बाटो खुलोस् भन्ने मेरो चाहाना हो ।’पारसले दश वर्ष यता नेपाली राष्ट्रिय टोलीको कप्तानी गर्दै आएका छन् ।
उनले लेखेका छन, 'नेपाल क्रिकेट संघ (क्यान) निलम्बनबाट फुकुवा भएको खबर सुनेर निकै खुसी लागेको छ । नयाँ आएको कार्यसमितिले नेपाली क्रिकेटका लागि राम्रो कार्य गरोस् भन्ने चाहन्छु । मैले आजैका दिनदेखि नेपाली क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु ।'


.gif)




फेसबुक पेज Like गर्नुहोस