काठमाडौं - आज सोमबार सुनचाँदीको मूल्य घटेको छ। सोमबार सुन प्रतितोला ९५ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आजको मूल्य आइतबारको तुलनामा ८०० कम हो। आइतबार सुन प्रतितोला ९६ हजार रूपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै, आइतबारको तुलनामा चाँदीको मूल्य पनि प्रतितोला २५ रूपैयाँले घटेर सोमबार १ हजार २३० रूपैयाँमा कारोबार भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ६८७ रूपैयाँमा कारोबार भइरहेको छ।