काठमाडौं - एभरेष्ट प्रिमियर लिग (इपिएल)मा चितवन टाइगर्सले पोखरा राइनोजलाई ९ विकेटले पराजित गरेको छ। 

टियु क्रिकेट मैदानमा भएको खेलमा १२४ रनको लक्ष्य पछ्याएको चितवनले १६.४ ओभर १ विकेट गुमाउँदै पुरा गरेको हो । 

चितवनका लागि ओपनर मोहम्मद शाहजादले अर्धशतकिय पारी खेले । उनले ५२ बलमा ७ चौका र २ छक्काको मद्दतमा ६३ रन बनाए । भिम सार्कीले ५४ रन जोडे । ओपनर इशान पाण्डे भने शून्यमै आउट भए । पोखराका लागि विक्रम सोवले एक विकेट लिए । 

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पोखराले पुरा ओभर खेलेर ७ विकेट गुमाउँदै १२३ रन बनाएको थियो ।  पोखराका लागि विवेक यादवले अविजित रहँदै अर्धशतक पारी खेले । उनले ५३ बलमा ३ छक्का र ३ चौकाको सहयोगमा रन ५३ जोडे । असेला गुनारान्टेले २५ रन बनाए । ओपनरद्वय रिचार्ड लेभीले २० र रित गौतमले २ रन जोडेका छन् । कप्तान विनोद भण्डारीले ५ रन जोड्दा लोकेश बामले ८ रनको योगदान गरे । केसरिक विलियमले २ रन जोडे । सुनिल धमला र विक्रम सोव शून्यमै आउट भए । 

चितवनका लागि शहव आलम र कमल ऐरीले समान दुई/दुई विकेट लिए । सोमपाल कामीले एक विकेट लिए ।